अबकास प्राप्त क्याम्पस प्रमुख डा. लोक बहादुर बराल (सह-प्राध्यापक) ज्यु को सम्मानमा👏

अबकास प्राप्त क्याम्पस प्रमुख डा. लोक बहादुर बराल (सह-प्राध्यापक) ज्यु को सम्मानमा👏

2025-03-13

यस अमृत क्याम्पसका क्याम्पस प्रमुख डा. लोक बहादुर बराल (सह-प्राध्यापक) ज्यु आज आफ्नो सेवा अवधि सफलतापूर्वक पूरा गरी अवकाश ग्रहण गर्दै गर्दा। उहाँले क्याम्पस प्रमुखको रूपमा पुर्‍याउनुभएको योगदान अमूल्य छ, जसले अमृत क्याम्पसका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरूलाई प्रेरणा प्रदान गरेको छ।

उहाँको नेतृत्व, समर्पण, र शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै हामी हार्दिक बधाई तथा कृतज्ञता व्यक्त गर्दछौं। उहाँको भविष्य यात्रा स्वस्थ, सुखमय, र सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दै, यहाँलाई पुनः हार्दिक बिदाई तथा शुभअवकाशको मंगलमय शुभकामना व्यक्त गर्दछौं।

शुभ अवकाश! 💐 💐🎉

Lok Baral 👏


Files

S.N Name Type Download
1 लोक सर jpg